२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

म जनताको साझा उम्मेदवार हुँ, विकास र जनताको अधिकार स्थापित गरेर देखाउँछु- धरेन्द्र यादव

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) ६९४ पाठक संख्या

पाल्हीनन्दन, १३ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. २ (ख) बाट एमाले – जसपा गठबन्धनका प्रदेशसभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादवले आफू जनताको साझा उम्मेदवार भएको बताउनुभएको छ । यस क्षेत्रका सबै जनताले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जसपाका जिल्ला अध्यक्ष यादवले आफू लामो समयदेखि मधेसी, आदिवासी जनजाति, दलित लगायत उत्पीडनमा परेका, पछाडि परेका जनताको पक्षमा लड्दै आएकोले क्षेत्र नंं२ ख का मतदाताले यसपटक जिताउने विश्वास व्यक्त गर्नुभयो । मतदातासँग भेटघाटमा नेता यादवले संसद कानून बनाउने थलोको रुपमा रहेकोले पछाडि परेका समुदायको अधिकार स्थापित गर्न आफूले निर्धक्क आवाज उठाउन सक्ने भएकोले अरुका भ्रममा नपरी आफूलाई जिताउन आग्रह गर्नुभयो ।
यसअघि जितेका प्रतिनिधिले आफ्नो स्वार्थ बाहेक जनताको पक्षमा कुनै काम गर्न नसकेकोले अव जनताले नयाँ अनुहारलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो । घरदैलोको क्रममा मतदाताहरुले आफूप्रति आशा र भरोसा देखाएकोले यसपटक चुनाव जित्नेमा आफू ढुक्क रहेको नेता यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस