२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

देश बचाउन र समृद्धिका लागि एमालेले जित्नुपर्छ – दीपेन्द्र अधिकारी

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) १०८१ पाठक संख्या

सुनवल, १३ कात्तिक । नेकपा एमाले पश्चिम नववलपरासीका अध्यक्ष एवं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपेन्द्र कुमार अधिकारीले आगामी निर्वाचनमा एमालेले हारेमा देश हार्ने भएकोले राष्ट्रियता बचाउन र मुलुकको विकास गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले सुनवल नगर कमिटीको आज सुनवल वनकट्टीमा सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै अधिकारीले आगामी निर्वाचन देश बचाउने र देश बिगार्नेहरुका बीचको युद्ध भएकाले दृढतापूर्वक जनतालाई देश बचाउने अभियानमा लाग्न अनुरोध गर्नुभयो ।
परमादेशी गठवन्धन सरकार बनेको दुई बर्षमा मंहगी बढाउने, अत्याचार थोपर्ने बाहेक कुनै पनि काम गर्न नसकेको भन्दैं नेता अधिकारीले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काममा भाँजो हाल्ने, बजेट काट्ने काम गरेर देउवा सरकारले विकास विरोधी काम गरेको जिकिर गर्नुभयो ।
देश बनाउने स्पष्ट भिजन एमालेसँग मात्रै भएको बताउँदै उहाँले यसअघि एमालेको सरकारको पालमा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनताको माझमा उतिकै लोकप्रिय रहेको बताउनुभयो । आफ्नो प्रतिस्पर्धा पाँच दलीय गठबन्धनका उम्मेदवार देवेन्द्रराज कँडेलसँग भएपनि गठबन्धनसँग कुनै एजेण्डा नभएको र यसअघि कँडेलबाट यस क्षेत्रको विकासमा कुनै काम नभएको मतदाताबाट गुनासो आईरहेकोले यसपटक यस क्षेत्रका जनताको भरोसा एमालेसँग मात्रै रहेको उहाँको दाबी थियो ।
उहाँले एमालेलाई मतदान नगर्दा देशको राष्ट्रियता कमजोर हुने र विकास आयोजनाहरु ठप्प हुने भएकाले एमालेका उमेदवारलाई मतदान गर्न अनुरोध गर्नुभयो । एमाले सुनवल नगर कमिटी अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षता तथा केन्द्रीय सदस्य विमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सदस्य एवं २ क का उम्मेदवार थानप्रसाद गैरे, जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं २ का संयोजक दधिराम अर्याल लगायतले सम्बोधन गर्दै एकढिक्का भएर एमाले र जसपा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्न आग्रह गर्नुभएको नगर सचिव पदम काफ्लेले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस