२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

समृद्धि र विकास मेरो काँधमा : नेता चौधरी

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

नवलपरासी,११ कात्तिक – नेपाली काग्रेसका नेता विनोद चौधरीले पश्चिम नवलपरासीको सम्बृद्धि र विकासको जिम्मा आफ्नो काँधमा आईपुगेको बताउनुभएको छ । सत्ता गठवन्धनको तर्फबाट पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार रहनुभएका चौधरीले यस्तो बताउनुभएको हो ।
यस क्षेत्रको विकास गर्ने जिम्मा आएको छ निर्वाचन परिचालन प्रचार प्रसार समितीद्धारा आयोजीत कार्यक्रममा चौधरीले भन्नुभयो म हालसम्म सफल व्यक्ती भएकाले अब पनि यस क्षेत्रको विकासमा पनि मलाई सफल बन्नु मुख्य उदेश्य रहेको छ ।
यस क्षेत्रका उखु किसानको समस्या, भारतीय बजारबाट केरा जन्य उत्पादन भित्रीने समस्या , सुर्यपुरा पावर हाउस , सहित चौधरीले यस क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा मैले विकास गर्ने अठोट बोकेछु र म त्यो जसरी पनि पुरा गर्ने बाचा गर्दछु, उमेदवार चौधरीले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस