२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विकास र परिवर्तनका लागि नवलपरासी– २ मा राप्रपालाई अवसर दिएर हेर्नुस्- ध्रुबबहादुर प्रधान

२०७९ कार्तिक ८, मंगलबार प्रकाशित ( साल अघि) १३९० पाठक संख्या

परासी, ८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट पश्चिम नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार धु्रबबहादुर प्रधानले यस क्षेत्रका जनताको जीवन स्तरमा परिवर्तनका लागि नयाँ अनुहारलाई अवसर दिन आग्रह गर्नुभएको छ । पटकपटक टेस्टेड नेताबाट यस क्षेत्रको विकास हुन नसकेकोले नयाँ अनुहारलाई रोज्न र राप्रपा नै अवको विकल्प भएको उहाँले बताउनुभयो ।
चुनावी प्रचारप्रसारको क्रममा मतदाताको घरदैलोमा पुगिरहनुभएका राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेता प्रधानले यहाँका जनताले अझै पनि सोचेर भोट नहाले नवलपरासी क्षेत्र नं. २ अझै पछि पर्दै जाने बताउँदै देशको वैकल्पिक शक्तिको रुपमा रहेको राप्रपालाई अवसर दिएर हेर्न जोड दिनुभयो ।
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रधान समाजसेवा र राजनीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । परासीमा सन १९४९ जनवरी १ मा सामान्य किसान परिवारमा उहाँको जन्म भएको थियो । प्रहरी संगठनमा रहँदा स्वच्छ छविको रुपमा पहिचान बनाउनुभएका प्रधानले पृथ्वीचन्द्र अस्पताल परासीमा आफ्नी आमाको नामबाट प्रसुति भवन बनाउनुभएको छ । जहाँबाट अहिले सयौँ सुत्केरी महिलाहरुले सेवा लिईरहनुभएको छ । जिल्लाका विभिन्न स्थानमा उहाँले गरेका योगदानहरु अहिले पनि देख्न पाईन्छ ।
उहाँले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताउँदै यस क्षेत्रका मतदाताले यस पटक आफूलाई साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो । ठूला पार्टीका नेताहरुलाई सच्याउन पनि यस पटक राप्रपालाई जिताउन आवश्यक रहेको उहाँको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%

प्रतिक्रिया दिनुहोस