२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान

२०७९ कार्तिक ५, शनिबार प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

 

रामु भुसाल
बर्दघाट,५ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।                          लायन्स क्लब अफ ईण्टरनेशनल (३२५ पि.टु जोन १९) को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने, लायन्स क्लब अफ नवलपरासी बर्दघाट र लियो क्लब अफ नवलपरासी दाउन्नेको संयुक्त सहकार्य एवं नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र परासीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यकम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ नवलपरासी बर्दघाटका संस्थापक अध्यक्ष एवं लायन्स क्लब जोन १९ की अध्यक्ष कमला शर्मा बस्यालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले हाल देशमा डेंगुको प्रकोप बढिरहँदा विभिन्न अस्पतालहरुमा रगतको अभाव देखिएकोले क्लबको सामाजिक उत्तरदायित्तव अन्तर्गत खुल्ला रक्तदानको आयोजना गरिएको बताउनुभयो । साथै उहाले रक्तदानको महत्व बारे सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
उक्त अवसरमा महिला ९ जना र पुरुष ५१ जना गरी कुल ६० जनाले रक्तदान गररेको लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष शिबकुमारी भट्टराईले जानकारी दिनुभयो । लायन्स क्लब अफ नवलपरासी दाउन्नेका अध्यक्ष भीम प्रसाद सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बर्दघाटका सहसचिव लक्ष्मी शर्माले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस