२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

तिहारको मुखमा नवलपरासीका मिठाइ र खाद्यन्न पसलको अनुगमन, सरसफाइको कमी

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित ( साल अघि) १२४९ पाठक संख्या

 दैनिक24खबर संवाददाता

परासी, ४ कात्तिक । पश्चिम नवलपरासीको प्रतापपुर र सुस्तामा सञ्चालित मिठाई पसल तथा रेष्टुरेण्टमा सरसफाइको कमी देखिएको छ । तिहारको मुखमा संयुक्त जिल्ला बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनको क्रममा अधिकांश मिष्ठान पसलमा सरसफाइको कमी देखिएको हो ।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाको नेतृत्वमा रहेको अनुगमन टोलीले आज प्रतापपुर गाउँपालिका वडा नं. ७ सूर्यपूरा र सुस्ता गाउँपालिका वडा नं. २ फेनहरामा सञ्चालित मिठाइ पसल, रेष्टुरेण्ट तथा खाद्यन्न पसलको अनुगमन गरेको हो ।
तिहारमा मिठाइको खपत बढी हुने हुँदा त्यसमा अखाद्य पदार्थको मिसावट हुने तथा महंगो शुल्क लिने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  देवकोटाले दैनिक24खबरलाई बताउनुभयो । उपभोक्ता ठगीबाट जोगाई स्वच्छ र मर्यादीत व्यवसाय सञ्चालनमा सचेत गराउन अनुगमन गरिएको उहाँले बताउनुभयो ।
अनुगमनको क्रममा अधिकांश पसलहरुमा सरसफाइको कमी, उत्पादीत मिठाइजन्य वस्तुहरु खुल्ला स्थानमा असुरक्षित तवरले राख्दा माखा भन्कीरहेको अवस्थामा विक्रीवितरणमा राखिएको,अखाद्य रंगको प्रयोग,लेवल नभएका र म्याद गुज्रेका अखाद्य वस्तुको विक्री वितरण गरिरहेको, मूल्यसूची नभएको लगायतको लापरवाही देखिएको अनुगमन टोलीका सदस्य घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो । साथै दर्ता प्रमाणपत्र तथा करपाटी फे्रमिङ गरी देखिने ठाउँमा नराखिएको समेत पाईएको थियो ।
अनुगमनको क्रममा भेटिएका अखाद्य तथा म्याद गुज्रेका वस्तुहरु जफत गरि नष्ट गरिएको थियो । पहिलो पटक भएकोले व्यवसायीहरुलाई आचरण सुधारका लागि निर्देशन गरिएको पाण्डेले बताउनुभयो । सूर्यपूरामा पहिलो पटक बजार अनुगमन भएको व्यवसायीहरुले बताएका थिए । अनुगमन टोली पुग्दा केही व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए ।
सहायक प्रजिअ देवकोटाको नेतृत्वमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी,प्रतापपुर गाउँपालिकाका अधिकृत जीवलाल पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, सुरक्षाकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।तस्बीरमा हेरौँ

01

2

3

4

5

तस्बीर- मोहन पौडेल/ दैनिक24खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस