२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीद्धारा ९० लाख बराबरको अवैद्य चिनी बरामद

२०७९ कार्तिक २, बुधबार प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या

मोहन पौडेल
परासी, २ कात्तिक । पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीले ठूलो मात्रामा चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रुपमा ठूलो मात्रामा चिनी भित्रिने गरेको गुनासो बढेको बेला शसस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैद्य चिनी बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका वडा नं. २ बाट ना ६ ख २१९७ नम्बरको ट्रकमा रहेको ४२० बोरा(२१ ह्जार केजी) र रामग्राम नगरपालिका वडा नं. ५ स्थित परासी भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नम्बरको ट्रकमा रहेको ४२० बोरा(२१ ह्जार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण बेलाशपुरका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
बरामद चिनीको प्रारम्भीक मूल्य रु ९० लाख अनुमान गरिएको उहाँले बताउनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुई वटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो । यति ठूलो परिमाणको चिनी राजस्व छली गरी अवैद्य रुपमा नेपाल कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भईरहेको शसस्त्र प्रहरीको दाबी छ ।
पछिल्लो समय भारतीय सीमानाकाबाट दैनिक रुपमा चिनीको तस्करी भईरहेको सो क्षेत्रका स्थानीयवासीको भनाई छ । चिनी तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरी गस्ती र सूचना संकलन बढाएको उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस