२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्वतस्फूर्त कर तिर्न उत्प्रेरित गर्दै रामग्राम नगरपालिका

२०७९ आश्विन २७, बिहिबार प्रकाशित ( साल अघि) ४८९ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असोज । करदातालाई दबाबमा नभई सकरात्मक सन्देशसहित स्वतस्फुर्त कर तिर्ने वातावरण निर्माण गर्न रामग्राम नगरपालिकाले कर सचेतना कार्यक्रम सञ्चालन गरेको छ । करको महत्व बुझाउँदै नगरपालिकाको आन्तरिक आय बढाउन करदाता शिक्षा प्रदान गरिएको हो ।
रामग्राम नगरपालिकाकी उपमेयर एवं राजस्व परामर्श समिति संयोजक सम्झना चौधरीले नगरवासीले दबाबमा नभई स्वतस्फुर्त रुपमा कर तिर्नेुपर्छ भन्ने अभियान अन्तरगत करको महत्व बुझाउन नगरवासीलाई करदाता शिक्षा दिईएको बताउनुभयो । करदातालाई कर तिर्नको लागि जागरुक बनाउने तिरेको करको नगरपालिकाबाट कसरी सदुपयोग हुने गर्दछ भन्ने सन्देश पनि प्रवाह गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । रामग्राम नगरपालिकाले कर बढाउने नभई करको दायरा बढाएर आन्तरिक आय वृद्धि गर्न जोड दिएको उपमेयर चौधरीले बताउनुभयो ।
कानुनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्ने, किन तिर्ने,समयमै तिर्दा के फाईदा हुन्छ,ढिलो तिर्दा र नतिर्दा के बेफाईदा हुन्छ, नगरवासीले तिरेको करको सदुपयोग कसरी कहाँ गरिन्छ लगायतका विषयमा नगरवासीलाई सचेत गराईएको उपमेयर चौधरीको भनाई छ । करको महत्व बुझ्न थालेपछि पछिल्लो पटक नगरपालिकामा राजस्व संकलन दर बढेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रामग्राम नगरपालिकामा राजस्व संकलन दोब्बरले वृद्धि भएको उहाँको भनाई छ ।
यस किसिमको कार्यक्रमले नगरपालिकाको आन्तरिक आय बढाउन मद्धत पुग्ने बताउँदै उहाँले नगर भित्र सञ्चालित सयौँ पसल व्यवसाय अझै पनि करको दायरामा नआएको,दर्ता नभएको लगायत समस्या पनि रहेकोले पाँच लाख भन्दा कम पुँजीका व्यवसा नगरपालिकामै दर्ता गारउन प्रोत्साहन पनि गरिएको जानकारी दिनुभयो ।
बुधबार र विहीबार गरी दुई दिनसम्म नगरपालिकाका १८ वटै वडाबाट कम्तीमा आठ जनाको दरले स्थानीय उद्योगी,व्यवसायी तथा सर्वसाधारणलाई कर शिक्षा प्रदान गरिएको नगरपालिकाकी राजस्व उपशाखा प्रमुख निर्मला प्रजापतिले जानकारी दिनुभयो । उक्त अवसरमा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुुर खड्का, लेखा अधिकृत कुन्दन चौधरी, लेखापाल सञ्जय शर्माले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस