२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रसाद खाँदा एकै गाउँका १२५ बिरामी,नगरपालिकाद्धारा गाउँमै शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण

२०७९ आश्विन २६, बुधबार प्रकाशित ( साल अघि) ६४८ पाठक संख्या

मोहन पौडेल
परासी, २६ असोज । पश्चिम नवलपरासीमा दुर्गा पूजा समापनपछि प्रसाद खाएका एकै गाउँका सय बढी गाउँले बिरामी परेका छन् । बिरामी मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई प्रारम्भीक स्वास्थ्य परीक्षणपछि अस्पताल भर्ना गरिएको छ ।
रामग्राम नगरपालिका वडा नं. १८ स्थित पम्फापुरमा दुर्गा पूजाको समापन पछि प्रसाद खाएका गाउँका सबैजसो बिरामी परेको बताईएको छ । स्थानीय पन्ध्र घरपरिवारका एक सय भन्दा बढीले प्रसाद खाएपछि वान्ता आउने, पखला लाग्ने ज्वरो आउने समस्या देखिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले दैनिक24खवरलाई जानकारी दिनुभयो ।
ऋाज गाउँमा महामारीको अवस्था फैलिएको सूचना पाएलगत्तै मेयर यादवले स्वास्थ्यकर्मीको टोली लगेर सबै बिरामीको स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार बिरामी मध्ये चार जनाको अवस्था गम्भीर देखिएपछि एम्बुलेन्स मार्फत पृथ्वीचन्द्र अस्पतालमा ल्याई भर्ना गरिएको छ । मेयर यादव, उपमेयर सम्झना चौधरी,स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली आज उक्त गाउँमा पुगेको थियो ।
स्वास्थ्यकर्मीको टोलीले आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी १२५ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक सुरज गौतमले जानकारी दिनुभयो । सिकिस्त बिरामीलाई अस्पताल रिफर गरी समुदायमा महामारी फैलिन नदिन स्थानीयवासीलाई आवश्यक सचेतना प्रदान गरिएको छ भने प्रसाद खाएर बिरामी परेका अन्यको स्वास्थ्यमा सुधार नआएसम्म स्थानीय अमरवन स्वास्थ्य चौकीमार्फत उपचार हुने गरी परिचालन गरिएको उहाँले बताउनुभयो । आईतबार  प्रसादको रुपमा पुरी तरकारी खिर खाएपछि सोही रातिदेखि सबै गाउँले बिरामी परेको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस