२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अविरल वर्षापछि सरावलको दक्षिणी क्षेत्र जलमग्न,अध्यक्ष चौधरी बाढीप्रभावित क्षेत्रमा

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

परासी, २१ असोज । पश्चिम नवलपरासीस्थित सरावल गाउँपालिकाको दक्षिणी क्षेत्र जलमग्न भएको छ । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण सरावलको वडा नं.६ र ७ का विभिन्न गाउँ जलमग्न भएको हो ।

IMG 20221007 WA0003

स्थानीय झरही र धनेवा खोलामा आएको बाढी ओभरफ्लो हुँदा ६ नम्बर वडाको खडौना,मधौलिया,पुसौली लगायत गाउँ र ७ नम्बर वडा भुजहवाको केही भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । बाढीले त्यहाँको बस्ती र खेतीयोग्य जमिन डुबानमा परेको छ ।
बस्तीमा पसेको बाढीले केही घर डुबाएको छ भने सो क्षेत्रको करिब तीन हजार बिघा खेतीयोग्य जमिन जलमग्न भएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन भने यहाँ हरेक वर्ष नै डुबान हुने हुँदा अधिकांश स्थानीयले खेती लगाउन छोडेकोले यश पटक धेरै धानबाली नष्ट हुन नपाएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
डुबान क्षेत्रको आज गाउँपालिका अध्यक्ष चौधरी सहित स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गरि त्यहाँको वस्तुस्थितिको जानकारी लिनु भएको अध्यक्ष चौधरीका स्वकीय सचिव सञ्जय मौर्यले बताउनुभयो ।
डुबान समस्याको दीर्घकालीन समाधानको लागि गाउँपालिकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गर्ने बताउँदै अध्यक्ष चौधरीले डुबानबाट हुन सक्ने सम्भावित क्षति रोक्न आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गर्नु भएको छ । पाल्हीनन्दन गाउँपालिकाको शंकरपुर पनि डुबानमा परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस