२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार मनोनयनमा कति लाग्छ धरौटी ?

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) २९१ पाठक संख्या

नवलपरासी, २१ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि यही असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले  जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस