२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलको पुसौलीमा बाख्रापालन तालिम सम्पन्न, व्यवसायिक पालन गर्न अध्यक्ष चौधरीको आग्रह

२०७९ आश्विन १३, बिहिबार प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

परासी, १३ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ का विपन्न महिलाहरुलाई बाख्रापालन तालिम दिईएको छ । असल छिमेकी नेपाल संस्थाले उक्त वडाको गुज्जर टोलका पुसौली समूहमा आवद्ध विशेषगरी मुस्लिम समुदायका महिलाहरुलाई तीन दिनको बाख्रापालन तालिम दिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले व्यवसायिक रुपमा बाख्रापालन गरी आयआर्जन गर्न आग्रह गर्नुभयो । घरमा एक दुईवटा बाख्रा पालेर जीविकोपार्जन नहुने भन्दै गाउँपालिका अध्यक्ष चौधरीले व्यवसायिक रुपमा अघि बढ्न चाहने कृषकलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
स्थानीय २४ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बाख्रामा नश्ल सुधार, खोर निर्माण तथा व्यवस्थापन,पोषण आहार रोगको पहिचान,बाँझोपन लगायतका विषयमा सरावल गाउँपालिकाका पशु सेवा शाखा प्रमुख याम अर्यालले सहजीकरण गर्नुभएको थियो । बता
ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई व्यवसायिक कृषकको रुपमा अघि बढाउँदै आर्थिक अवस्था उकास्न सहयोग गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको असल छिमेकी नेपालका कार्यक्रम संयोजक पुरन सोती मगरले बताउनुभयो ।
उक्त अवसरमा संस्थाले महिला कृषकलाई बाख्रापालनका लागि आवश्यक चापट,भिटामिन लगायतका सामग्रीहरु प्नि वितरण गरेको गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय सचिव भोलनाथ कोईरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस