२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु

२०७९ आश्विन १२, बुधबार प्रकाशित ( साल अघि) १२३५ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असोज । दशैँ लगायतका चाडपर्वहरु नजिकिएसँगै पश्चिम नवलपरासीमा बजार अनुगमन शुरु भएको छ । संयुक्त जिल्ला बजार अनुगमन समितिले खाद्यन्न, माछामासु, होटल, मदिरा पसल,तरकारी,फलफूल लगायतका पसलहरुलाई लक्षित गरी आजदेखि चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको हो ।
चाडपर्वको समयमा व्यवसायीले जथाभावि मूल्य लिने,म्याद गुज्रेका अखाद्य वस्तुहरु बेच्ने,कृत्रिम अभाव सिर्जना गर्ने जस्ता क्रियाकलाप गरी उपभोक्ता ठगी गर्ने समस्या देखिएकोले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार आज जिल्लाको सुनवल नगरपालिकाका विभिन्न वडामा रहेका व्यापारिक फर्महरुको अनुगमन गरिएको छ । सुनवलको वडा नं. १,४ र १० अन्तरगत रहेका खाद्यन्न,मासु,मदिरा पसल, कोल्ड स्टोर लगायतका पन्ध्र वटा पसलहरुको अनुगम गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ईलाका प्रहरी कार्यालय,सुनवल नगरपालिका,उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरुको अनुगमन टोलीले सुनवलमा गरेको अनुगमनको क्रममा अधिकांस पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तु तथा लेवल नभएका वस्तुहरुको विक्री वितरण गरेको पाईएको थियो ।
कतिपयले दर्ता बिनै पसल सञ्चालन गरिरहेको, दर्ता गरेपनि पान नम्बर नलिएको, खुद्रा कारोबारको अनुमति लिएर थोक कारोबार गरिरहेको, करपाटी नराखेको,अनुमति बिनै प्याकेजिङ् गरी वस्तु विक्री वितरण गरेको, मूल्यसूची नराखेको लगायतका समस्या भेटिएको अनुगमन टोलीमा सहभागि सुनवल नगरपालिकाका अधिकृत खेमराज ढकालले बताउनुभयो ।
नियम विपरीत कारोबार गरिरहेका ती व्यापारिक फर्महरुलाई तत्काल सुधार गर्न निर्देशन गरिएको थियो भने म्याद गुज्रेका तथा अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्दिप लामिछानेले बताउनुभयो ।

Anugaman 2

 

Anugaman 3

 

Anugaman 4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस