२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

चर्काे व्याजदर बढाएको विरोधमा नवलपरासीका व्यवसायीले सरकारलाई बुझाए उद्योगको चाबी

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) ९१५ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असोज । बैंक तथा वित्तीय संस्थाहरुले गरेको चर्काे व्याजदर वृद्धिको विरोधमा पश्चिम नवलपरासीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बैंकहरुले वृद्धि गरेको चर्काे व्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुले उद्योगका चाबी सरकारलाई बुझाएका छन् ।
नवलपरासी उद्योग वाणिज्य संघ, सुनवल उद्योग वाणिज्य संघ र बर्दघाट उद्योग वाणिज्य संघको अगुवाईमा आज परासीमा विरोध र्यालीसहित प्रशासन कार्यालय पुगेका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्रसहित उद्योगको चाबी बुझाएका हुन् ।

Uu2

राष्ट्र बैंकको संरक्षणमा बैंकहरुले चर्काे व्याजदर बढाएको भन्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । व्यवसायीका माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने उहाँले चेतावनी दिनुभयो ।

बैंकहरुले मनपरी ढंगबाट व्याजदर वृद्धि गर्दा व्यवसायी मर्कामा परेको लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले बताउनुभयो ।
बैंकका कारण उद्योगी व्यवसायीले समस्या भोग्नुपरेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष गुणनिधी तिवारीले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो । मनोमानी ढंगले व्याजदर वृद्धि गर्दा बैंक तथा वित्तीय संस्थाहरु नाफामा जाने तर मुलुकको अर्थतन्त्रको बलियो मेरुदण्डको रुपमा रहेको उद्योग वाणिज्य क्षेत्र धरासायी भई उद्योगी व्यवासायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उहाँको दाबी थियो ।

Uu3

वृद्धि गरिएको व्याजदर फिर्ता लिई पूरानै कायम गर्न,बजारमा देखिएको तरलताको स्थिति सुधार गर्न,बैंक तथा वित्तीय संस्थाको कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई राहत दिई आर्थिक गतिविध चलायमान राख्ने वातावरण बनाउन उद्योगी व्यवसायीले माग गरेका छन् ।

Uu4

चर्काे व्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाई भएकोले आन्दोलनमा ऐक्वद्धता जनाईएको नवलपरास्ी टेलरिङ् व्यवसायी संघका अध्यक्ष राजु देवानले बताउनुभयो । आन्दोलनमा नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कमाचार्य,तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डेले बताउनुभयो । ध्यनाकर्षण पत्र र उद्योगको चाबी बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले उद्योगी व्यवसायीका मागहरु आजै सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।

Uu5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस