२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दन र प्रतापपुरमा ईन्द्रेणीद्धारा सञ्चालित परियोजनाको जिल्ला स्तरीय अनुगमन

२०७९ आश्विन ६, बिहिबार प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

मोहन पौडेल
परासी, ६ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा सञ्चालित परियोजनाको प्रभावकारीतारे जिल्ला स्तरको अनगुमन सम्पन्न भएको छ ।
अष्टे«लियन एडको आर्थिक सहयोगमा यूएमएन नेपाल र ईन्द्रेणीको सहकार्यमा सञ्चालित कोभिड महामारी प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियोजना र कोभिड १९ बाट प्रभावित नेपाली समुदायका लागि आर्थिक पुनःजिवित परियोजना अन्र्तगत सञ्चालित क्रियाकलापहरुको जिल्ला परियोजना सल्लाहकार समितिबाट अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल तथा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु, विषयत कार्यालयका प्रमुखहरु तथा साझेदार संस्थाहरुका प्रतिनिधिहरुको टोलीले पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा सञ्चालित क्रियाकलापहरुको प्रभावकारिता र उपलब्धीको बारेमा अनुगमन गरेको हो ।
पाल्हीनन्दन गाउँपालिका अन्तरगत पाल्हीनन्दन अस्पताल लोहरौलीको अनुगमन गरिएको थियो भने प्रतापपुर गाउँपालिका अन्तरगत जीविकोपार्जन प्रवद्र्धनका लागि सामग्री सहयोग गरिएका सेवाग्राहीसँग प्रत्यक्ष अन्तरक्रिया तथा अनुगमन गरिएको ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।
अनुगमनको क्रममा परियोजनाबाट सहयोग भएका सवै क्षेत्रमा प्रभावकारी देखिएको जिसस प्रमुख यादवले बताउनुभयो । उहाँले संस्थाले गरिरहेको सहयोग र क्रियाकलापको विषयमा सम्बन्धित पालिकालाई पनि समन्वय र जानकारी गराउने तथा पालिकाले पनि समयसमयमा अनुगमन मूल्यांकन गर्ने कार्य गर्न सके थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले परियोजनाले राम्रो सहयोग गरेको बताउँदै सहयोग प्राप्त गरेका निकायले ती सामग्रीको सही रुपमा उपयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जीविकोपार्जन प्रवद्र्धन अन्र्तगत गरिएका सहयोग वास्तविक कृषकसम्म पुग्नुपर्ने बताउँदै पालिकासँगको समन्वयलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
अनुगमनको क्रममा पाल्हीनन्दन अस्पतालमा परियोजनाबाट सहयोग गरिएका यन्त्र उपकरणहरुको प्रयोगको अवस्था अध्ययन निरीक्षण गरिएको थियो भने प्रतापपुर गाउँपालिकाको जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि परियोजनाबाट भएका सहयोग सामग्रीको प्रयोगको अवस्थाबारे प्रत्यक्ष अवलोकन निरीक्षण गरिएको थियो । दुवै स्वास्थ्य केन्द्रमा परियोजनाले सहयोग गरेका यन्त्र उपकरणबाट सेवाग्राही प्रत्यक्ष लाभावन्ति भएको पाईएको छ ।
यस्तै जीविकोपार्जन प्रवद्र्धन अन्र्तगत प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियामा किराना पसललाई गरिएको सहयोग, कृषक समूहलाई वितरण गरिएको पम्पसेटको उपयोग, भैँसीपालक कृषकलाई सहयोग गरिएको काउम्याटको प्रयोग, प्रतापपुर वडा नं. २ स्थित माया मत्स्य कृषि फर्म र महिला समूहलाई सहयोग गरिएका सामग्रीको उपयोग र फाईदा लगायतका विषयमा अनुगमन भएको परियोजना संयोजक बिना चौधरीले बताउनुभयो ।
उक्त अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष फातुमा खातुन अन्सारी, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, मलेरिया निरीक्षक देवीलाल पौडेल,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डे, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरी, कृषि ज्ञान केन्द्रकी अधिकृत मनिषा पौडेल लगायत दातृनिकाय र साझेदार संस्थाका प्रतिनिधि तथा पत्रकारको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस