२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

संविधान दिवसको अवसरमा रामग्राम स्तूपमा सरसफाइ एवं शान्ति दीपप्रज्वलन

२०७९ आश्विन ४, मंगलबार प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

मोहन पौडेल
परासी, ४ असोज । आठौँ संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको प्रमुख बुद्धस्थल प्राचीन रामग्राम स्तूप क्षेत्रमा आज बृहत सरसफाइ तथा शान्ति दीपप्रज्वलन गरिएको छ । संविधान दिवस तीन दिनसम्म मनाउने कार्यक्रम अन्र्तगत आज अन्तिम दिन विहान रामग्राम नगरपालिका वडा नं. ७ मा अवस्थित रामग्राम स्तुप क्षेत्रमा सरसफाइ सहित शान्ति दीपप्रज्वलन गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिृकत मानबहादुर खड्का,सुरक्षा निकायका निमित्त प्रमुखहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली सेना, शसस्त्र प्रहरी, जनपत प्रहरी लगायतको सहभागितामा वृहत सरसफाई तथा विश्व शान्तिको कामना गर्दै स्तुप परिसरमा शान्ति दीपप्रज्वलन गरिएको हो ।

Rss 2

 

संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं जिसस प्रमुख भगौती यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमेयर चौधरीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशको मूल कानून संविधानमा उल्लेख गरिएका हक अधिकार सबैले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयाो । संविधानमा धेरै राम्रा कुराहरु लेखिएपनि व्यवहारमा कार्यान्वयन नहुँदासम्म त्यसको औचित्य नहुने भन्दै उहाँले सबैले न्याय पाउने गरी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले रामग्राम स्तूप क्षेत्रको प्रवद्र्धनमा नगरपालिका लागिपरेको पनि बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले जनताका प्रनिनिधिबाट बनेको पहिलो संविधान भएकोले यसको उच्च सम्मान गर्दै संविधानमा उल्लेख गरिएका कुराहरु पालना गर्नु सबै नागरिकको दायित्व रहेको बताउनुभयो। संविधानमा लेखिएका हक अधिकारको कार्यान्वयन गरी जनताको जीवनस्तर उकास्न राज्य सञ्चालन तहका सबै पक्षले आफ्नो भूमिका अनुसार काम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले रामग्राम स्तुप भगवान् गौतम बुद्धको भौतिक अस्तु रहेको पवित्र भूमि रहेकोले यसको विकास, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस