२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

संविधान दिवसमा परासीमा दीपप्रज्वलन

२०७९ आश्विन ३, सोमबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

मोहन पौडेल
परासी, ३ असोज । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोकमा दीपप्रज्वलन गरी आठौं संविधान दिवस मनाईएको छ ।
संविधान दिवस मूल समारोह जिल्ला समितिको अगुवाइमा आज साझ बुद्धचोकमा नेपालको नक्सा बनाई दीपप्रज्वलन गरिएको हो । जनताका प्रतिनिधिबाट संविधान निर्माण भई जारी भएको सात वर्ष पूरा भएको उत्सवमा दीपप्रज्वलन गरिएको मूल समारोहका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर भनपत यादव,उपमेयर सम्झना चौधरी,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,राजनीतिक दल,स्थानीयवासी लगायतको सहभागिता रहेको थियोे ।
संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको अवसरमा पश्चिम नवलपरासीमा असोज २ देखि तीनदिनसम्म विविध कार्यक्रम गरिदै छ।

भोलि असोज ४ गते बिहान रामग्राम स्तुप क्षेत्रको सरसफाइ तथा सौन्दर्यीकरण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस