२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

संविधान दिवसमा रामग्राम जेसीजद्धारा फलफूल वितरण

२०७९ आश्विन ३, सोमबार प्रकाशित ( साल अघि) ४७० पाठक संख्या

परासी, ३ असोज । आठौं संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको परासीस्थित डा. विनोद निता कण्डेल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
संविधान दिवसको अपसर पारेर रामग्राम जेसीजले अस्पतालमा आँखा अप्रेसन गरेका ३५ जना बिरामीलाई फलफूल वितरण गरेको हो ।

20220919_094524

रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल कुमार उपाध्यायको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ नवलपरासीका कार्यबाहक अध्यक्ष सञ्जय कर्णको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कर्णले सामाजिक क्षेत्रमा रामग्राम जेसीजले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यश क्षेत्रका आँखाका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्न अस्पताल सक्रियताका साथ अघि बढिरहेको बताउनुभयो ।
जेसीजका अध्यक्ष उपाध्यायले संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको उत्सवमा बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको बताउनुभयो । अस्पतालसँगको सहकार्यमा यसअघि पनि बृहत आँखा शिविर सञ्चालन गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताउनुभयो ।

Received_455756579856300

 कार्यक्रममा अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट डा.तोसिका दाहाल,अस्पताल व्यवस्थापक तुलसी प्रसाद पराजुली, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष चन्द्रमणि चौधरी,महासचिव वेनीमाधव बस्याल,कार्यकारिणी उपाध्यक्ष सन्तोष खनाल,कोषाध्यक्ष पुरुषोत्तम तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस