२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवल नगरपालिकामा कृषि स्रोत केन्द्र स्थापनाको तयारी

२०७९ आश्विन १, शनिबार प्रकाशित ( साल अघि) १०५५ पाठक संख्या

परासी, १ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कृषि स्रोत केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । कृषि क्षेत्रमा आकर्षण बढाउँदै उत्पादकत्व वृद्धि गर्न नगरपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा स्रोत केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।
सुनवल- ९ स्वाठीमा कृषि स्रोत केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । उक्त क्षेत्रको आज स्थलगत निरीक्षण गर्दै नगर प्रमुख अर्यालले स्रोत केन्द्र सञ्चालनको लागि यो स्थल उपयुक्त देखिएकोले प्रदेश सरकार सँग समन्वय गरि प्रक्रिया अघि बढाउने बताउनुभयो ।
स्रोत केन्द्र सञ्चालनको लागि प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको छ भने थप रकम नगरपालिकाले व्यवस्थापन गर्ने मेयर अर्यालले बताउनुभयो । यहाँ करिब १८ विघा जमिन रहेको मेयर अर्यालले बताउनुभयो । स्थानीय विद्यालयको उक्त जग्गा नगरपालिकाले लिजमा लिएको छ । वर्षेनि रु ६ लाख भाडा तिर्दै आएको तर अहिलेसम्म कुनै उपलब्धि नदेखिएकाले अब यसको उपयोगको योजना बनाएर अघि बढ्ने मेयर अर्यालले बताउनुभयो ।
स्रोत केन्द्रमा कृषकहरुलाई आवद्ध गरेर व्यवसायिक कृषि तथा पशु फर्म,माछापालन,तरकारी खेती, फलफूल खेतीमा प्रोत्साहन गरिने उहाँको भनाइ छ । प्रदेश सरकारले कार्यविधि बनाएपछि नगरपालिकाले साझेदारीमा स्रोत केन्द्र सञ्चालन गर्ने जनाएको छ ।
कृषिबाटै समृद्धि सम्भव भएकोले नगरपालिकाले कृषिको विकासमा विशेष जोड दिएको मेयर अर्याल बताउनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस