२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रेडक्रसको लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट पंगेनीको नेतृत्वमा नयाँ समिति चयन

२०७९ आश्विन १, शनिबार प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

मोहन पौडेल
परासी, १ असोज । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिको लालप्रसाद पंगेनी(रुपन्देही) निर्वाचित हुनुभएको छ । रेडक्रस लुम्बिनी प्रदेशको आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न दोस्रो अधिवेशनले पंगेनीको अध्यक्षतामा महासचिव बाहेक अन्य नयाँ कार्य समिति र्निविरोध चयन गरेको हो । महासचिवमा भने सहमति हुन नसकेपछि चुनाव भएको थियो ।
प्रदेश समितिको उपाध्यक्षमा राधा नेपाली(अर्घाखाँची),महासचिवमा नवराज ढुंगाना(बर्दिया), कोषाध्यक्षमा हैदरअलि मोमिन(पश्चिम नवलपरासी), उपमहासचिवमा राजकुमार कुर्मी(बाँके),उपकोषाध्यक्ष ज्ञानहरी रिजाल(प्यूठान)ं निर्वाचित हुनुभएको निर्वाचन संयोजक रामजी पौडेलले जानकारी दिनुभयो । महासचिवमा निर्वाचित निर्वाचित ढुंगानाले अर्का प्रत्यासी नौलसिंह पुनलाई पराजित गर्नुभयो ।
यसैगरी प्रदेश समितिको महिला सदस्यमा राधा पन्थी(गुल्मी), मायादेवी बज्राचार्य(पाल्पा), खुल्ला सदस्यमा भगवानदास चौधरी(कपिलवस्तु)ं, दामोदर गौतम(रुकुम पूर्व), नारायणी आचार्य(दाङ्), कैलाशकुमार श्रेष्ठ (अर्घाखाँचीं) निर्वाचित हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको आतिथ्यमा आयोजना गरिएको प्रदेश अधिवेशनको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री ईन्नद्रजीत थारुले उद्घाटन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस