२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

अब्बल बनिरहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित ( साल अघि) १६२५ पाठक संख्या

मोहन पौडेल
देवदह, ३१ भ्दौ । रुपन्देहीकै अब्बल सामुदायिक क्याम्पसको रुपमा स्थापित भईरहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको छ । देवदह नगरपालिकाको शितलनगरमा समुदायबाट समुदायकै लागि सञ्चालनमा रहेको यस क्याम्पसले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्र्दै अब्बल क्याम्पसको रुपमा स्थापित हुन थालेपछि विद्यार्थीको आकर्षण ह्वात्तै बढेको क्याम्पसले जनाएको छ ।

D3

 

वि.स.२०६५ सालमा स्थापना भएको यस क्याम्पसलाई उत्कृष्ट र नमूना क्याम्पसको रुपमा स्थापित गर्न निरन्तर लागिरहेको निमित्त क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिनुभयो । त्रिभुवन विश्व विद्यालययबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालनमा छ । स्थापना कालमा शिक्षा संकाय विएड तहको कक्षा सञ्चालनबाट शुरु भएको यस क्याम्पसले २०६६ सालमा व्यवस्थापन संकायको सम्बन्धन प्राप्त गरी अंगे्रजी र नेपाली माध्यमबाट पठनपाठन गरिरहेको प्रमुख अधिकारीले बताउनुभयो ।
हाल यस क्याम्पसमा शिक्षा संकायतर्फ नेपाली, अंग्रेजी, स्वास्थ्य शारीरिक शिक्षा, अर्थशास्त्र प्रमुख विषयको रुपमा अध्यापन हुँदै आएको छ । अहिले क्याम्पसले बिएड तथा विविएस प्रथम वर्षमा अंग्रेजी तथा नेपाली माध्यममा भर्ना लिन थालिसकेको जनाएको छ ।
स्थापनाकालमा ६२ जना विद्यार्थी रहेकोमा हाल यस क्याम्पसमा ९३० जना विद्यार्थी अध्यनरत छन् । यहाँ अध्ययन गर्न रुपन्देहीसहित छिमेकी जिल्लाहरु पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, स्याङ्जा लगायतका जिल्लाबाट आउने गरेको क्याम्पसले जनाएको छ ।
समुदायबाटै स्थापित यस क्याम्पसले विशेषगरी यस क्षेत्रका पिछडिएका, गरीब, विपन्न, जनजाति, आदिवासी, सीमान्कृत समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गराउने प्रयत्न स्थापनादेखि नै गर्दै आएको क्याम्पस प्रमुख अधिकारी बताउनुहुन्छ ।

D2

 

क्याम्पस स्थापनापछि यस क्षेत्रका पछाडि परेका समुदायको उच्च शिक्षामा पहुँच पुग्न सफल भएको त्यहाँ अध्यनरत विद्यार्थीहरु बताउँछन् । उच्च शिक्षा हासिल गर्न टाढा जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ । दुई वटा बस सेवा मार्फत समेत क्याम्पसले ग्रामिण क्षेत्रका विद्यार्थीका लागि सुविधा प्रदान गरी क्याम्पस आउनजान सहज बनाएको छ ।
समानुकूल उच्च शिक्षामा हुने परिवर्तनलाई आत्मसाथ गर्दै विश्व परिवेश सुहाउँदो शैक्षिक मार्गमा यस क्याम्पसलाई अग्रसर गराउँदै लगिएको र त्यसै योजना अनुसार क्याम्पस अघि बढिरहेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु अब्बल सावित हुँदै हाल विभिन्न पेशा, व्यवसायमा सफलता हासिल गरेका छन् । क्यूएएको अन्तिम चरणमा रहेको यस क्याम्पसले छिटै क्यूएए प्राप्त गर्ने बताईएको छ ।
क्याम्पसले गत वर्ष विपन्न, जनजाति, महिला, दलित गरी ११० जना विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरेको थियो भने यस वर्षको लागि पनि छात्रवृत्तिको लागि बजेट प्राप्त भईसकेको क्याम्पस प्रशासनले जनाएको छ ।
स्थापनाकालदेखि २०७१ सम्म केरवानी माविको भौतिक पूर्वाधारमा कक्षा सञ्चालन गरेको यस क्याम्पसले २०६६ मा सप्ताहव्यापि महायज्ञ सञ्चालन गरी भौतिक पुर्वाधार जोड्दै नमूना क्याम्पस बनाउने अभियानमा अघि बढीरहेको छ । देवदह आदर्श बहुमुखी क्याम्पस यस क्षेत्रका आम समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमिको सक्रियतामा भगवान गौतम बुद्धको मावली पावन भूमि देवदहको काखमा जनताबाट जनताकै लागि स्थापना भएको हो ।

D4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१५%२%१%

प्रतिक्रिया दिनुहोस