२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भूमही दुग्ध उत्पादक सहकारीद्धारा कृषकलाई प्रोत्साहन स्वरुप बोनस वितरण

२०७९ भाद्र २८, मंगलबार प्रकाशित ( साल अघि) ६३५ पाठक संख्या

परासी, २८ भदौ । भूमही दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सुनवल १२ भूमही नवलपरासीले दुग्ध कृषकलाई दुग्धको बोनस वितरण गरेको छ । आज संस्थामा आयोजित एक कार्यक्रममा वार्षिक रुपमा दुग्ध उत्पादन गरी विक्री गर्दै आएका संस्थाका उत्कृष्ट २२ भित्रका शेयर सदस्य कृषकहरुलाई प्रोत्साहन स्वरुप बोनस वितरण गरिएको हो ।
गत आर्थिक वर्ष २०७८।०७९ को दुग्ध उत्पादनको आधारमा कृषकलाई प्रति लिटिर रु दुईका दरले बोनस वितरण गरिएको संस्थाका अध्यक्ष भूपराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कूल ८ लाख ८० हजार लिटर दुग्धको कुल रु १७ लाख ६० हजार बोनस वितरण गरिएको हो।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सूर्यप्रसाद दुवेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपमेयर दुवेले नगरपालिकाले पनि किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष भट्टराईले कृषकहरुलाई प्रोत्साहन गर्न संस्थाले हरेक वर्ष बोनस वितरण गर्दै आएको बताउनुभयो ।
संस्थाका व्यवस्थापनक अग्निधर भुसालको सञ्चालन तथा उपाध्यक्ष तारा भण्डारीको स्वागत मनतव्य रहेको उक्त कार्यक्रममा सुनवल १२ का वडा अध्यक्ष दीपक पौडेल,संस्थाका पदाधिकारी तथा कृषकहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%१%१%

प्रतिक्रिया दिनुहोस