२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

महाकवि देवकोटा क्याम्पसमा साहित्य समाज गठन

२०७९ भाद्र २८, मंगलबार प्रकाशित ( साल अघि) ३४४ पाठक संख्या

परासी, २८ भदौ । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले महाकवि देवकोटा क्याम्पस सुनवलमा देवकोटा साहित्य समाज गठन गरिएको छ । क्याम्पस अन्तर्गत स्नातक तह व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायका सबै वर्षमा अध्ययरत विद्यार्थीहरुको भेलाबाट आज साहित्य समाज गठन गरिएको क्याम्पसले जनाएको छ ।
भेलामा साहित्य समाजको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकारको बारेमा शिक्षक हरिदत्त शर्माले स्पष्ट पार्नुभएको थियो । देवकोटा साहित्य समाजको कार्यविधि २०७९ निर्माण गरी सोहि कार्यविधिको आधारमा साहित्य समाज गठन गरिएको शिक्षक हरिदत्त शर्माले जानकारी दिनुभयोे ।
कार्यविधि अनुसार दुवै संकायको सबै वर्षमा अध्ययन गर्ने एक एक विद्यार्थी पर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा मनिषा कुँवर, सचिवमा ज्योति शर्मा, सहसचिवमा सागर बस्याल, कोषाध्यक्षमा अन्तिमा न्यौपाने, सदस्यमा क्रमशः सङ्गम कोइराला, सिर्जना राय, कविता न्यौपाने र लक्ष्मी भट्टराई रहनु भएको छ । क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साहित्य समाजका साधारण सदस्य रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस