२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

फोटो पत्रकार महासंघ पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

२०७९ भाद्र २८, मंगलबार प्रकाशित ( साल अघि) ३९५ पाठक संख्या

मोहन पौडेल
परासी, २८ भदौ । फोटो पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको अध्यक्षमा अनिल यादव चयन हुनुभएको छ । महासंघको आज परासीमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिवेशनले यादवको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा हुसेन अन्सारी, सचिवमा उमेश विक,कोषाध्यक्षमा विकास अधिकारी, सहचिवमा रविन्द्र यादव रहनुभएको छ भने सदस्यहरुमा उर्मिला यादव,आरती राना, जीतेन्द्र गुप्ता,प्रदीप पाठक,माधव घिमिरे,राज चौधरी चयन हुनुभएको निर्वाचन संयोजक एवं नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।
साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले खोज र मर्यादीत पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो । फोटो पत्रकार महासंघका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पत्रकारिता जगत समाजको ऐना भएकोले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह पनि गर्नुभयो ।
प्रविधिको प्रयोगसँगै फोटो पत्रकारितालाई व्यवसायिक बनाउन उहाँको सुझाव थियो । जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ताले भ्रम फैलाउने नभई सत्य समाचार प्रवाह गर्न आग्रह गर्नुभयो । रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले पेशागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न सके व्यवसायिक पत्रकारिताले फड्को मार्ने बताउनुुभयो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले औपचारिक पत्रकारितामा मात्र सीमित नहुन आग्रह गर्नुभयो । उहाँले जिल्लामा चाकरी गर्ने प्रवृत्तिको पत्रकारिता मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेकोले आफ्नो क्षमता वृद्धि गर्दै खोजमूलक पत्रकारिता गर्न उहाँले जोड दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस