२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सामुदायिक वन महासंघद्धारा रेडप्लस प्रक्रियाबारे बहुसरोकारवालासंग छलफल

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ४४८ पाठक संख्या

 

नवलपरासी , २६ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रेडप्लसको प्रक्रियाबारेमा बहुसरोकारवालासंग छलफल गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीको आयोजनमा रेडप्लस र यसको प्रक्रियाको विषयमा सरोकारवालासँग छलफल गरिएको हो ।

वन विनास र वन क्षयीकरणको कारण मानिसको जीबिकोपार्जन र समग्र राष्ट्रिय बिकासमा प्रतिकुल प्रभाव पादै आएको बताउदै बन बिनाश र वन क्षयीकरण समस्या सम्बोधनका लागि नेपालले रेडप्लस कार्यक्रम सामुदायिक बनहरुमा संचालन गरेको सहजीकर्ता रमेश तिमिल्सिनाले बताउनुभयो ।

वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दीगो व्यवस्थापनमार्फत कार्वन क्षमता सञ्चिति क्षमता अभिवृद्धि गराउने कार्य गरे वापत विकासन्मुख देशलाई विकसित देशहरुबाट प्रोत्साहन स्वरुप प्राप्त हुने भुक्तानीलाई रेडप्लस भनिन्छ ।

विभिन्न बहानामा हुने वन अतिक्रमणका कारण वन विनाश र वन क्षयीकरण भईरहेकोले रेडप्लस कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो ।

रेडप्लस कार्यक्रम तराईका १३ जिल्लाको सामुदायिक बनहरुमा संचालन भईरहेको सामुदायिक वन उपभोक्ता महासंघकी सदस्य सुमित्रा भट्टराईले बताउनुभयो । पश्चिम नवलपरासीसहित रौतहाट बारा,पर्सा,नवलपरासी पूर्व नवलपुर,चितवन,बार्दिया,बाके,दाङ्ग,कपिलबस्तु,रुपन्देही र सुदुरपश्चिम प्रदेशको कञ्चानपुर र कैलालीमा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको राष्ट्रिय रेडप्लस रणनीतिका विषयमा सहजीकरण गर्दै सहजकर्ता लुमाकान्त भुसालले वन संरक्षण र दीगो व्यवस्थापनमा जोड दिनुभयो । सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष कमल परिवारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायाण पाण्डेको प्रमुख आथिथ्यमा भएको उक्त कार्यक्रम भएको थियो ।

महासंघकी जिल्ला सचिव शारदा पोखरेलका अनुसार नवलपरासी जिल्लामा ६३ वटा सामुदायिक बन रहेका छन् भने ४२ हजार एक सय ११ घरधुरीका दुई लाख ५५ हजार ६१ जनसख्या लाभावन्ति छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस