२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भुजहवामा प्रथम गाउँले पुरुष कबड्डी प्रतियोगिता शुरु

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४९२ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । पश्चिम नवलपरासीको सरावल-७ भुजहवामा प्रथम गाउँले पुरुष कबड्डी प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष चौधरीले यश प्रतियोगिताको माध्यमबाट ओझेलमा पर्दै गएको कबड्डी खेलको प्रबर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिकाले खेल क्षेत्रमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउनुभयो ।
आगामी भदौ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता गाउँले पुरुष कबड्डी खेलकुद समिति भुजहवाको आयोजना र सरावल गाउँपालिका कार्यालय तथा सात नम्बर वडा कार्यालयको सहयोगमा आयोजना गरिएको हो ।
कुल २२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको आज उद्घाटन खेल भुजहवा ए र बी बीच भएको थियो । समितिका अध्यक्ष सुरज बनियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन,समाजसेवी राजमंगल सहानी लगायतको शुभकामना व्यक्त गर्नुभएको स्थानीय युवा समाजसेवी सञ्जय मौर्यले जानकारी दिनुभयो ।

IMG 20220902 WA0004

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस