२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाले थाल्यो सार्वजनिक जग्गा संरक्षण अभियान

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) १०९७ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले आज देखि नै नगर भित्रका सार्वजनिक जग्गा पहिचान र संरक्षण अभियान चलाएको हो ।
रामग्राम नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सार्वजनिक जग्गाको खोजी र संरक्षण शुरु गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । नगरका १८ वटै वडामा भएका सार्वजनिक जग्गाको खोजी गरी सरकारको मातहतमा ल्याउन संरक्षण अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।
सार्वजनिक जग्गाको पहिचान गर्ने र होर्डिङ् बोर्ड राख्ने अभियान अन्तरगत आज रामग्रामको वडा नं. १ बाट सार्वजनिक जग्गा संरक्षण अभियान शुरु गरिएको हो । नगर प्रमुख यादव, उपप्रमुख सम्झना चौधरी, वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय लगायतको उपस्थितिमा वडा नं. १ को सिद्धार्थ टोलस्थित साविक मन्जरिया ५ ख कि.न.३,क्षेत्रफल सात कठ्ठा  पाँच धुरमा होर्डिङ् बोर्ड राखेर यो जग्गा सरकारको हो, यसको संरक्षण गर्नु नेपाली नागरिकको कर्तव्य हो भनिएको छ ।
क्रमशः नगरका अन्य स्थानहरुमा पनि सार्वजनिक जग्गाको खोजी गरी संरक्षण गरिने नगरपालिकाले जनाएको छ । कतिपय स्थान संरक्षणमा रहेको बताउँदै नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले संरक्षण नभएका जग्गाको खोजी गरी संरक्षण गरिने बताउनुभयो । नगरपालिकाका अमिन अमृत भुसालका अनुसार सात वटा वडामा जग्गा पहिचान भईसकेको छ भने बाँकी वडाको खोजी भईरहेको छ ।
जग्गा संरक्षणपछि त्यसको उपयोगका लागि आवश्यक योजना बनाएर अघि बढ्ने नगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गाको संरक्षण नहुँदा कतिपय जग्गा व्यक्तिको नाममा दर्ता भएको छ भने कतिपय जग्गाहरुमा अनाधिकृत संरचनाहरु निर्माण भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%७%१%

प्रतिक्रिया दिनुहोस