२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रदेशसभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिने उपाध्यायको घोषणा

२०७९ भाद्र ११, शनिबार प्रकाशित ( साल अघि) १००८ पाठक संख्या

नवलपरासी, ११ भदौ । नागरिक समाज नवलपरासीका पूर्व अध्यक्ष शम्भु उपाध्याय आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सभाको उम्मेदवार बन्नुहुने भएको छ ।
नवलपरासी क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. २( रामग्राम,पाल्हीनन्दन) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने उपाध्यायले घोषणा गर्नुभयो । लामो समय देखि सामाजिक अभियान्ताको रुपमा सामाजिक सेवा गर्दै आएकोमा अब जनप्रतिनिधि भएर जनताको सेवामा थप सक्रिय भएर लाग्ने गरि स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेको उहाँले बताउनुभयो ।
प्रहरीको जागिरबाट सेवा निवृत्त भएपछि समाजसेवा लाग्नुभएका उपाध्यायले जनताका समसामयिक सवालहरु उजागर गर्ने,सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने गर्दै जनताको मन जित्दै आउनुभएका उपाध्यायले प्रदेश सभा सदस्य पदमा उम्मेदवार हुँदा पनि यश क्षेत्रका मतदाताको माया पाउनेमा आशावादी रहेकोे उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%१%२%१%१%

प्रतिक्रिया दिनुहोस