२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

युवा संघका केन्द्रीय सचिव भट्टराई प्रदेशसभाको उम्मेदवार सिफारिस

२०७९ भाद्र ९, बिहिबार प्रकाशित ( साल अघि) ८५० पाठक संख्या

नवलपरासी, ९ भदौ । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि चुनावी सरगर्मी बढ्न थालेको छ ।
यसैक्रममा नेकपा एकीकृत समाजवादीले पश्चिम नवलपरासी जिल्लामा उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
<span;> नेकपा एसले क्षेत्र नम्बर २ क प्रदेश सभाको लागी प्रत्यक्षतर्फ युवा संघ नेपालका सचिव प्रकाश भट्टराईलाई एक नम्बरमा सिफारिस गरेको छ ।
नेकपा एस जिल्ला कमिटीको आज बसेको बैठकले भट्टराईलाई प्रदेश सभा सदस्यको उम्मेदवार सिफारिस गरेको हो ।
भट्टराई २०७४ को आम निर्वाचनमा एमाले उम्मेदवार बैजनाथ चौधरीलाई जिताउन युवा परिचालन कमिटीका संयोजक हुनुहुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस