२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मिटरव्याजी पीडित भेट्न कार्यदल नवलपरासीमा, पीडितले भेट्न मानेनन्

२०७९ भाद्र ९, बिहिबार प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

श्याम थापा

सुस्ता, ९ भदौ । मिटरब्याज समस्याका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदल टोली पिडितहरुलाई भेट्नका लागि काठ्मान्डौ बाट पश्चिम नवलपरासी आईपुगेका छ्न ।
कार्यदल टोलीमा मिटरब्याज पीडितको पक्षबाट प्रतिनिधित्व नगराएको हुदा गृहमन्त्रालयले गठन गरेको कार्यदल टोली बैधानिक नरहेको भन्दै पीडितहरुले टोलीलाई भेट्न मानेनन् ।

जब सम्म सरकारले मिटरब्याज अपराध अध्ययनका लागि गठन गरेको उच्चस्तरीय कार्यदलमा पीडितहरुको पक्षका केही ब्यक्तिहरुलाई पनि त्यो कार्यदल टोलीमा समावेश गर्दैनन् तब सम्म हामी यो कार्यदल टोलीसंग वार्तामा नबस्ने मिटरब्याज पीडित अवधेश कुश्वाहाले बताउनु भयो ।
गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालको संयोजकतामा गठित कार्यदल टोलीले मिटरब्याजी पिडितका समस्या स्थलगत रुपमा अध्ययन गर्नका लागि पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिका का मिटरब्याज पीडितलाई भेटेर छलफल गर्ने भनेर टोलि आएपनी टोलिसंग पीडितहरुले भेट्न नमाने पछि टोलीले केही पीडित ब्यक्ति र सरोकारवालाहरु संग अन्तरक्रिया गरेका छन् ।
यो मिटरब्याजको समस्या पश्चिम नवलपरासीमा मात्र नभई देशभर र विशेष गरि मधेस प्रदेश तिर बढी रहेको र यसको समस्यालाई के कसरी समाधान गर्न सकिन्छ र वास्तवमा पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर सरोकारवालासंग अन्तरक्रिया गरिएको कार्यदलका संयोजक भुसालले बताउनु भयो ।
नवलपरासीमा मिटरब्याजीविरुद्ध १ सय ९ वटा उजुरी परेका छन् । यसअघि जिल्लामा मिटर ब्याजले घरबारविहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदेन नै माग गरेपछि उजुरी दिनेको संख्या ह्वात्तै बढेको हो । यसैबिच पश्चिम नवलपरासीको प्रतापपुरका मिटरब्याजी साहु जगदिश बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
२७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाएको आरोप लागेका मिटरब्याजी बानियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि भोजराज पाण्डेले जानकारी दिनुभयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस