२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

निर्वाचनमा केन्द्रीत हुन कांग्रेस केन्द्रीय सदस्य कँडेलको आग्रह

२०७९ भाद्र ४, शनिबार प्रकाशित ( साल अघि) ९६० पाठक संख्या

परासी, ४ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेलले एकजुट भएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रीय समिति नवलपरासीले आज सरावलको जावामा गरेको सम्मान कार्यक्रममा नेता कँडेलले आगामी संसदीय निर्वाचनमा केन्द्रीत हुन जोड दिनुभएको हो । उहाँले गठबन्धन देशको आवश्यकता रहेको र निर्वाचनसम्मै रहने बताउनुभयो । उहाँले नागरिकता विद्ययेकले मधेसमा नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाउने बताउनुभयो । उहाँले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै जनहितमा काम गर्न आग्रह गर्नुभयो ।
क्षेत्रीय सभापति माधव पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बक्ता संविधानसभा सदस्य देवकरण कलवार सन्तु,जिल्ला वरिष्ठ नेता मोहन शर्मा,प्रदेस सभा सदस्य वैजनाथ जयसवाल,जिल्ला सदस्य देवराज भन्डारी,राजेन्द्र सहानी,नेता राधेश्याम पाठक लगायतले शुभकामना व्यक्त गर्नु भएको नेता कँडेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%

प्रतिक्रिया दिनुहोस