२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

नदीजन्य पदार्थको अवैद्य उत्खनन्मा संलग्न तीन टिपर प्रहरीको नियन्त्रणमा

२०७९ श्रावण ३१, मंगलबार प्रकाशित ( साल अघि) ६८६ पाठक संख्या

परासी, ३१ साउन । अवैद्य रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले तीन वटा टिपर नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवलको वडा नं. ११ स्थित बर्दगोरिया क्षेत्रबाट मिस्कट उत्खनन् गरिरहेको अवस्थामा तीन टिपर फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसी) भोजराज पाण्डेका अनुसार लु १ क ३८९०,लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकाको कार्यालयलाई बुझाईएको हो । उक्त क्षेत्रमा अवैद्य रुपमा नदीजन्य पदार्थको व्यापक उत्खनन् र तस्करी हुने गरेको स्थानीयवासी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस