२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा फ्यूचर लाईट एकेडेमी प्रथम

२०७९ श्रावण ३०, सोमबार प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

परासी, ३० साउन । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन(प्याब्सन) पश्चिम नवलपरासीको आयोजनामा अन्तर विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीका प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले सुनवलमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्याब्सनमा आवद्ध १८ विद्यालयको सहभागिता रहेको थियो ।

111

 

प्रतियोगितामा फ्यूचर लाईट एकेडेमी रामग्राम ३ परासी प्रथम भएको छ । यसैगरी सुनवल यूनाईटेड स्कुल सुनवल द्धितिय, न्यू लाईफ मावि बर्दघाट तृतीय र जेनीथ स्कुल सरावल बासा सान्त्वना भएको प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।

4

 

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मेयर अर्यालले यस किसिमका कार्यक्रमबाट विद्यार्थीमा रहेको क्षमता र प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्याब्सनका केन्द्र,प्रदेश र जिल्ला तहका विभिन्न पदाधिकारीहरुको विशेष आतिथ्य रहेको थियो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस