२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

संविधानसभा सदस्य एवं गायिका जलेसाको तीजै आयो गीति संग्रह बजारमा

२०७९ श्रावण २६, बिहिबार प्रकाशित ( साल अघि) ८३५ पाठक संख्या

परासी,२६ साउन । संविधानसभा सदस्य एवं गायिका सिन्धु जलेसाको तीजै आयो गीति संग्रह बजारमा आएको छ । तीजको मौलिकता संरक्षण गर्नुपर्ने सन्देश सहितको मौलिक तीजको भाका समेटिएको यो गीत यूटुब मार्फत रिलिज गरिएको हो ।
गायिका जलेसाकै सब्द, लय तथा स्वर र शुशिला थापाको निर्देशन,मोडेलिङ् र स्वर रहेको  यस गीतमा तीजको हराउँदै गएको मौलिकता जगेर्ना गर्ने प्रयास गरिएको छ ।
तीजको परम्परागत लय हराउँदै गएको र गाउँ घरमा आमा दिदीबहिनी जम्मा गरेर दाजुभाइले दर खुवाउने प्रचलन महिनौ दिन अघि देखि पार्टी प्यालेसमा रुपान्तरण भएको,भड्किलो गहना प्रदर्शन गर्ने लगायतका विकृति बढेकोले यस्ता विकृतिलाई हटाउँदै तीजको पूरानो मौलिकता जगेर्ना गर्नुपर्छ भन्ने सन्देश यो गीतबाट प्रवाह गर्न खोजिएको जलेसाले बताउनुभयो ।
तीज,नारी सचेतना तथा राष्ट्रिय गीत गाउनु भएकी कलाकार जलेसाको नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान रहेको छ ।
जलेसाको यो तीजको तेस्रो गीति संग्रह हो भने अहिलेसम्म उहाँका ५ वटा गीति संग्रह बजारमा आइसकेका छन् । यसअघि हाम्री हजुरआमा र तीजै आयो दिदीबहिनी हो ,,,बोलको तीज गीत ल्याउनु भएकि जलेसाले गीत मार्फत तीजको मौलिकतालाई जगेर्ना गर्नुपर्ने सन्देश दिदै आउनुभएको छ । नवलपरासी बर्दघाट निवासी जलेसा राजनीतिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस