२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

यूनियन लाईफ ईन्स्योरेन्सद्धारा मृत्यु दाबी वापतको रु १३ लाख हस्तान्तरण

२०७९ श्रावण २६, बिहिबार प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

परासी, २६ साउन । युनियन लाईफ ईन्स्योरेन्स परासी शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१२ दबिल्ला निवासी स्वर्गीय बिशाल तिवारीको परिवारलाई एक कार्यक्रमकाबीच मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।
युनियन लाईफ ईन्स्योरेन्स परासी शाखाका प्रमुख कूलचन्द्र भण्डारीले स्वर्गीय विशाल तिवारीकी श्रीमती निर्मला तिवारीलाई बीमा वापतको रकम रु १३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
बीमित तिवारीले उक्त कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुुभएको थियो । स्वर्गीय बीमित तिवारीको गत २०७८ वैशाख १३ गते मृत्यु भएको थियो । उक्त अवसरमा स्थानीयबासीलाई शाखा प्रमुख भण्डारी र एजेन्सी म्यानेजर कृष्णा थापाले बीमाको महत्वको विषयमा जानकारी पनि गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस