२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल नगरपालिकाद्धारा रोेजगार अभिमुखिकरण – पढ्दै कमाउँदै कार्यक्रम प्राथमिकतामा

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ५०२ पाठक संख्या

मोहन पौडेल
परासी, २५ साउन । पढ्दै कमाउँदै कार्यक्रमलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपािलकाले रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । सुनवल नगर भित्रका युवाहरुलाई पढ्दै कमाउँदै कार्यक्रम मार्फत आत्मनिर्भर बनाई समृद्ध सुनवल निर्माण गर्ने परिकल्पना साकार पार्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको सुनवल नगरपालिको जनाएको छ ।
नगर भित्रका युवा किसानलाई सीप र स्वरोजगारका लागि उत्पेरित गर्न पहिलो चरणमा मंगलबार एक दिने अभिमुखिकरण गरिएको नगर प्रमुख बिमला अर्यालले बताउनुभयो । समृद्ध सुनवल निर्माण गर्न कृषि क्रान्ति आवश्यक रहेको उहाँले बताउनुभयो । लामो राजनीतिक क्रान्तिपछि मुलुकमा व्यवसथा फेरिएपनि नागरिकको जीवनस्तर फेरिन नसकेकोले स्थानीय स्तरमै स्वरोजगार र रोजगारी सिर्जना गरी स्थानीय स्तरमै युवाहरुलाई स्थापित गर्नुपर्छ भन्ने उद्देश्यलाई साकार पार्न यसको उपाय खोजी गर्ने क्रममा पढ्दै कमाउँदै कार्यक्रम उपयुक्त देखिएको मेयर अर्यालले बताउनुभयो ।
सुर्खेतको जनज्योति माविले विद्यालयमा सोही कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई स्वरोजगार बनाईरहेको छ । हाल नेपाल सरकारले नै उक्त कार्यक्रमलाई आफ्नो कार्यक्रममा समावेश गरी नेपालका विभिन्न विद्यालयमा सञ्चालन गरिरहेको छ ।पढ्दै कमाउँदै कार्यक्रमका परिकल्पनाकार एवं सोही विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलको उपस्थितिमा अभिमुखिकरण गरिएको हो ।
अब योजना बनाएर सुनवलमा पनि यो कार्यक्रम सञ्चालन गरिने मेयर अर्यालको भनाई थियो । त्यसका लागि सहुलियत दरमा ऋण लगानी गरिदिने लगानीकर्ताहरुसँग पनि छलफल भईरहेको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । उपमेयर सुर्य दुवेले आर्थिक समृद्धिका लािग उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै जनज्योती माविका प्रधानाध्यापक नारायण सिग्देलले सानै उमेरदेखि पढ्दै कमाउँदै गरेका विद्यार्थीहरु जागिरको खोजिमा भौतारिन नपरेको बताउनुभयो । विद्यार्थीलाई पढाईसँगै प्रयोगात्मक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउन सकिने उहाँको भनाई थियो । यसैगरी महेन्द्र बहुमुखि क्याम्पसका उपप्राध्यापक सुन्दर गौतमले उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सकरात्मक सोचमार्फत अघि बढनुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस