२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

वैवाहिक अङ्गीकृतलाई तत्कालै नागरिकता दिने प्रावधानप्रति क्षेत्री समाज नवलपरासीको विरोध

२०७९ श्रावण १७, मंगलबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

परासी, १७ साउन । क्षेत्री समाज नेपाल पश्चिम नवलपरासीले प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित नागरिकता विद्ययेकप्रति विरोध जनाएको छ । विशेषगरी नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानप्रति क्षेत्रि समाजले असन्तुष्टि जनाएको हो ।
समाजले आज प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै नागरिकता विधेयकले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले पहिलेको देशको नागरिकता त्याग्न प्रक्रिया सुरु गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था हटाउन माग गरेको हो ।
क्षेत्री समाजका अध्यक्ष मनोज कुमार कार्कीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा छिमेकी भारतमा रहेको प्रावधान जस्तै नेपालमा विवाह गरेर आउने महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्न माग गरेको हो । नेपालसँग खुला सिमाना रहेको र धेरै बिहाबारी चल्ने भारतमा पनि विवाहको सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि त्यही व्यवस्था राख्नुपर्ने माग गरिएको छ ।
नागरिकता जस्तो विषयमा संवेदनशील हुनुपर्नेमा सरकारले विदेशीलाई सहजै नेपाली नागरिकता लिने वातावरण बनाएर मुलुकलाई फिजिकरण गर्न खोजिएको अध्यक्ष कार्कीले दाबी गर्नुभयो । क्षेत्री समाजले यथाशीघ्र दुवै सदनबाट पारित विद्येयक फिर्ता लिन माग गरेको छ । संविधानले नै व्यवस्था गरेको प्रावधान बाहेक अन्य व्यवस्था हटाउन समाजले ध्यानाकर्षण गराएको छ । यो विद्येयकले राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति नै आँच आउने भन्दै क्षेत्री समाजले विद्ययेक फिर्ता नलिए राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस