२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

एमालेका शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

२०७८ बैशाख १९, आईतबार प्रकाशित ( साल अघि) ९२७ पाठक संख्या

FB_IMG_1619949618844

मोहन पौडेल

परासी १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको र सोही आधारमा उहाँ नियुक्त हुने भएको जनाईएको छ ।

पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी जाााानकादिनुभयो ।

नेकपा  एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख गर्नु भएको छ ।

उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस