२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

एसईईमा सुनवलका सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

२०७९ श्रावण १२, बिहिबार प्रकाशित ( साल अघि) २०९४ पाठक संख्या

परासी, १२ साउन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको भन्दै पछिल्लो समय धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित भईरहेका छन् । तर निजी विद्यालयलाई चुनौती दिदैँ सामुदायिक विद्यालय पनि अघि बढ्न थालेका छन् ।
यसको ज्वलन्त उदाहरण हो, पश्चिम नवलपरासीको सुनवलका सामुदायिक विद्यालयहरु । हालै प्रकाशित एसईईको नतिजाले सुनवलका सामुदायिक विद्यालय निजी भन्दा कम छैनन् भन्ने सावित गरेको छ ।
सुनवलका सामुदायिक विद्यालयहरुले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । एसईईको नतिजामा यहाँका सामुदायिक विद्यालयले निजी विद्यालयलाई चुनौती नै दिएका छन् ।
यस वर्षको एसईई नतिजा अनुसार सुनवलको जनसेवा माविको उच्चतम जिपिए ३.८८ तथा महाकवि देवकोटा माविको उच्चतम जिपिए ३.८५ रहेको छ । जनसेवामा प्राविधिक शिक्षा पनि अध्यापन हुँदै आएको छ ।लुम्बिनी सेकेण्डरी स्कुलको ३.८, रमवापुर माविको उच्चतम जिपिए ३.७५, जगन्नाथ माविको उच्चतम जिपिए ३ं.६५, ज्योति माविको उच्चतम जिपिए ३.६,अरनिको माविको ३ं.५, धान्याञ्चल महायज्ञ माविको ३.३ , वाक्वाणी माविको ३.२ उच्चतम जिपिए रहेको छ ।
निजी तर्फ पाईनियर बोर्डिङ् स्कुलको उच्चतम जिपिए३.८५ रहेको छ भने विद्यासागर प्रसिद्ध बोर्डिङ् स्कुलको ३.७५,ज्ञान ज्योति एकेडेमी र रामनगर एकेडेमीको ३.६५,मार्टस मेमोरियलको ३.६, सिस्कीन बोर्डिङ् स्कुलको ३.५,अन्नपूर्ण बोर्डिङ स्कुल र सुनवल यूनाईटेडको ३.४५,सिद्धार्थ शिशु सदनको ३.३५,सोमनाथ बाबा र सुनवल लोटसको ३.२५ उच्चतम जिपिए रहेको छ ।
पछिल्लो समय सुनवलमा सामुदायिक विद्यालय सुधार अभियान चलाईएपछि यहाँका सामुदायिक विद्यालय अब्बल बन्दै गएको सामुदायिक विद्यालय व्यवस्थापन सञ्जालका नगर अध्यक्ष सूर्य न्यौपाने बताउनुहुन्छ । केही वर्ष यता सुनवलमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गईरहेको सामुदायिक विद्यालयहरुको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%२३%२%१%२%

प्रतिक्रिया दिनुहोस