२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा प्राथमिक उपचार सम्बन्धी आधारभूत तालिम सम्पन्न

२०७९ श्रावण ५, बिहिबार प्रकाशित ( साल अघि) ४०० पाठक संख्या

परासी, ५ साउन । प्राथमिक उपचार सम्बन्धि चार दिने आधारभूत तालिम पश्चिम नवलपरासीको भूमहीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजनामा असार ३० देखि साउन ५ गते सम्म दुई चरणमा तालिम आयोजना गरिएको थियो ।
क्यानेडियन रेडक्रसको सहयोग तथा रेडक्रस केन्द्रीय कार्यालयको प्राविधिक सहयोग रहेको तालिम रेडक्रस जिल्ला शाखाद्धारा सञ्चालित सामुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको हो ।

294107275_1410113802797380_2320112465901122179_n

 

रेडक्रसका स्वयमसेवकहरुको लागि आयोजना गरिएको तालिममा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका स्वयमसेवकहरुको सहभागिता रहेको रेडक्रस जिल्ला सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । असार ३० देखि साउन १ गतेसम्म सरावल र साउन २ देखि साउन ५ गतेसम्म रामग्रामका स्वयमसेवकलाई तालिम दिईएको उहाँले बताउनुभयो ।
रेडक्रस जिल्ला सभापति अग्रहरीले प्राथमिक उपचार सीप रेडक्रसकर्मीको महत्वपूर्ण सीप भएको बताउनुभयो । उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । तालिममा प्राथमिक उपचार सीप, घाईतेका जाँचका चरण,उपचार, पट्टीको प्रयोग, ओसारपसार लगायतका सीपहरुको बारेमा प्रशिक्षण गरिएको थियो । तालिममा रुद्रकुमारी कण्डेल, घनश्याम प्रसाद यादव, बसन्त रेग्मी ले प्रशिक्षण दिनुभएको परियोजनाका वरिष्ठ लेखा सहायक रुपक मल्ल ठकुरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस