२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा पाल्ही क्याम्पसलाई बस हस्तान्तरण

२०७९ अषाढ २२, बुधबार प्रकाशित ( साल अघि) १३०० पाठक संख्या

मोहन पौडेल
परासी, २२ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लाकै पूरानो सामुदायिक क्याम्पस पाल्ही बहुमुखी क्याम्पस परासीलाई बस हस्तान्तरण गरेको छ । क्याम्पसको स्तरोन्नती र सुविधा सम्पन्न बनाउन नगरपालिकाले बस उपलब्ध गराएको हो ।
आज रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले क्याम्पसका अध्यक्ष राधेश्याम पाठकलाई बसको चापी हस्तान्तरण गर्नुभयो । विशेषगरी ग्रामीण र विपन्न वर्गका विद्यार्थीहरुको बाहुल्यता रहेको नगर भित्रको एक मात्र सामुदायिक क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन बस प्रदान गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
क्याम्पसलाई सुविधासम्पन्न र स्रोत साधन सम्पन्न बनाउन आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । बसको माध्यमबाट विद्यार्थीलाई आवातजावातमा सहज हुने र शैक्षिक गुणस्तर समेत वृद्धि हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाकै पूरानो क्याम्पस भएपनि पाल्ही बहुमुखी क्याम्पसमा पूर्वाधारको कमी छ । पछिल्लो पटक क्याम्पसको नतिजामा भने सुधार आउन थालेपछि विद्यार्थी पनि बढ्न थालेको क्याम्पसले जनाएको छ । रामग्राम नगरपालिकाले नगर भित्रका सामुदायिक शैक्षिक संस्थालाई बस उपलब्ध गराएको यो पहिलो हो ।

291490066_1025022241349157_5711396130817762290_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस