२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

असार २३ देखि दोस्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

२०७९ अषाढ २०, सोमबार प्रकाशित ( साल अघि) ११५२ पाठक संख्या

मोहन पौडेल
परासी, २० असार । नेपाली मौलिक लोकदोहोरी गीतको जर्गेना गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा दोस्रो पटक लोक सांस्कृतिक एवं पर्यटन महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पश्चिम नवलपरासीको आयोजनामा सुनवल नगरपालिका वडा नं.१३ स्थित सुन्दरवस्तीमा महोत्सव सञ्चालन गर्न लागिएको हो ।
यही असार २३ गतेदेखि शुरु हुने महोत्सव आगामी साउन ५ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्रीले आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । महोत्सको ९० प्रतिशत तयारी पूरा भईसकेको उहाँले बताउनुभयो । स्थानीय मौलिक लोकसंस्कृति संरक्षण र नयाँ प्रतिभालाई विशेष प्राथमिकता दिईने उहाँले बताउनुभयो ।
दैनिक उपभोग्य सामग्री, लत्ताकपडा लगायत स्थानीय उत्पादन र होटल रेष्टुरेण्ट गरी पचास वटा स्टल रहने उक्त महोत्सवमा बाल उद्यान,रमाईलो मेला, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
करिब चालिस हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त मेलामा दैनिक रुपमा विभिन्न जातजाती, भाषाभाषीका संस्कृति झल्कने मौलिक सांस्कृतिक कार्यक्रम आयोजना हुने प्रतिष्ठानका सचिव भुपराज न्यौपानेले बताउनुभयो । महोत्सव अवधिभर नेपाली लोकदोहोरी गीतको संरक्षण र प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने उद्देश्यका साथ दोहोरी गीत प्रतियोगिता पनि आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि करिब रु ३० लाख खर्च लाग्ने र करिब रु ३२ लाख आम्दानी हुने अनुमान गरिएको प्रतिष्ठानका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा ज्येष्ठ नागरिकको परिचय पत्र भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ भने विद्यार्थीलाई ३० प्रतिशत छुट दिईएको कोषाध्यक्ष उहाँले बताउनुभयो । महोत्सवबाट प्राप्त हुने नाफाबाट लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाको कार्यालय भवन निर्माण गरिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश पराजुलीले बताउनुभयो ।
महोत्सवको माध्यमबाट जिल्ला भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने लक्ष्य समेत रहेको प्रतिष्ठानकी उपाध्यक्ष श्यामकला भण्डारीले बताउनुभयो । यस किसिमको महोत्सवको माध्यमबाट नेपाली मौलिक लोकदोहोरी गीत तथा संस्कृतिको संरक्षण र जर्गेना एवं पुस्तान्तरण गरी मौलिक भाका संरक्षणमा टेवा पुग्ने प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव टीकाराम लुँइटेलले बताउनुभयो । प्रतिष्ठानले यसअघि पहिलो पटक २०७५ मा लोक सांस्कृतिक तथा पर्यटन महोत्सव गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%२%

प्रतिक्रिया दिनुहोस