२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

उपभोक्ताको अधिकार संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध छ – नगर प्रमुख अर्याल

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) ४९० पाठक संख्या

मोहन पौडेल
परासी, १७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले उपभोक्ताको अधिकार संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले उपभोक्ता आफै पनि सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
आज सुनवलको भूमहीमा आयोजित उपभोक्ता हित संरक्षण सम्बन्धी अन्तरक्रिया तथा उत्पादीत वस्तुको गुणस्तर र लेवलिङ् सम्बन्धी अभिमुखिकरण तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले उक्त कुरा बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
उहाँले उपभोक्ताले उत्पादीत वस्तुको लेबल हेरेर मात्र वस्तु खरिद विक्री गर्नुपर्ने र उत्पादक तथा विक्रेताले पनि नाफा कमाउने मात्र उद्देश्य नलिई उपभोक्ताको स्वास्थ्यलाई पनि मध्यनजर गर्दै गुणस्तरीय र स्वच्छ वस्तु उत्पादन तथा विक्री वितरण गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जो जहाँ जुन भूमिकामा भएपनि सबैभन्दा पहिला उपभोक्ता नै रहेकोले सचेत भएर वस्तुको उत्पादन तथा खरिद विक्री गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेले उपभोक्ता शिक्षा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले उत्पादीत वस्तुको गुणस्तर र लेवलिङ्को विषयमा सहजीकरण गर्नुभएको थियो ।
पाण्डेले उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा फर्मको साईनबोर्ड,मूल्य सूची भए नभएको हेर्ने,प्याकिङ वस्तुमा लेबल,उत्पादकको नाम ठेगाना,उत्पादन मिति, उपभोग्य मिति हेरेर मात्र खरिद गर्न,उत्पादन मिति नभएको वा केरमेट भएको भए खरिद नगर्न,वस्तु खरिद गरिसकेपछि अनिवार्य रुपमा बिल लिन,दर्ता गरेको व्यवसायमा मात्र खरिद गर्न आग्रह गर्नुभयो । उहाँले उपभोक्ताको हित विपरित कार्य गरेको देखिएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,गाउँपालिका, नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी गर्न जोड दिनुभयो ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख दाहालले वस्तु खरिद गर्दा गुणस्तर र लेवल भएका वस्तु मात्र खरिद गर्न आग्रह गर्नुभयो । उहाँले प्याक गरिएका खाद्य पदार्थ खरिद गर्दा लेवलमा अनुज्ञापत्र नम्बर भए नभएको हेरेर मात्र खरिद गर्न,अखाद्य रंगको प्रयोग गरि आकर्षक बनाईएका मिठाई लगायतका खाद्य पदार्थ सकेसम्म प्रयोग नगर्न,दुध माछा मासु लगायत छिटो विग्रने खाद्य पदार्थ उत्पादन तथा भण्डारण देखि उपभोग सम्म सुरक्षित कोल्ड चेन कायम गरे नगरेको बुझेर मात्र खरिद गर्न,फलफूल खरिद गरेपछि सफा पानी रामरी धुएर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले खाद्य पदार्थको गुणस्तर सम्बन्धी शंका लागेमा उक्त वस्तुको प्रयोग नगरी सम्बन्धीत निकायमा उजुरी गर्न आग्रह गर्नुभयो । सुनवल उद्योग वाणिज्य संघका उपाध्यक्ष रामबहादुर क्षेत्रीले उत्पादक तथा विक्रेता सेचत रहेको र कसैले उपभोक्ता हित विपरित कार्य नगर्न आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस