२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाँचौ जिल्ला सभा – जिसस पश्चिम नवलपरासीले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

मोहन पौडेल
परासी, १७ असार । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने भएको छ । जिससको आज बर्दघाटमा सम्पन्न पाँचौ जिल्ला सभाले उक्त निर्णय गरेको हो ।
लामो समयदेखि साविक जिविस र हाल जिसस जिल्ला प्रशासन कार्यालयको भवनमा रहँदै आएको र हाल उक्त भवन पनि भत्काएर नयाँ निर्माण गरिने भएपछि जिससले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको हो ।
जिल्ला सभामा जिससको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिसस प्रमुख भगौती यादव(रुदल)ले रामग्राम वडा नं. ४ स्थित जिससको आफ्नै स्वामित्वमा रहेको करिब साढे दुई विघा जग्गामा प्रशासकीय भवन र सभाहल निर्माण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
भवन निर्माणको लागि जिससले यसअघि नै करिब १२ करोड लागत अनुमानसहित डिपीआर निर्माण गरेपनि भवन निर्माण प्रक्रिया अघि बढेको थिएन । साविक जिविसबाट अल्या हुँदै हाल जिससको आन्तरिक कोषमा रहेको रु सात करोड ७४ लाख रकम भवन निर्माणका लागि प्रयोग गर्ने सहमति भएको हो । अपुग रकमको लागि संघीय सरकारसँग माग गरिने प्रमुख यादवले बताउनुभयो ।

291420608_108991041866435_6560942296381534175_n (2)

 

जिससले विगत पाँच वर्षमा स्थानीय तहहरुबाट जिल्लामा भएका मूख्य कामहरु र त्यसबाट परेको प्रभाव र सुधारको विषयमा अध्ययन गरी प्रतिवेदन निर्माण गर्ने, स्थानीय तहहरुबाट निर्माण भएका कानूनहरुको अभिलेखिकरण गर्ने, जिल्ला भित्रको विकास निर्माणलाई प्रभावकारी बनाउन अनुगमनलाई नियमित र प्रभावकारी बनाउने, स्थानीय तहहरुबीच समन्वय तथा सुमधुर सम्बन्ध स्थापित गर्ने, जिल्ला भित्र आईपर्ने समस्या समाधानको लागि पहल गर्ने लगायत जिल्लाको विकास र सुशासन प्रभावकारी बनाउँदै समन्वयलाई बलियो बनाईराख्ने लगायतका नीति तथा कार्यक्रम पारित गरिएको छ ।
गत आवमा जिससका लागि आएको रु एक करोड ३८ लाख १९ हजार बजेट मध्ये हालसम्म रु एक करोड एक लाख खर्च भएको जिल्ला समन्वय अधिकारी विजय कार्कीले बताउनुभयो । जिसस प्रमुख यादवको अध्यक्षतामा भएको उक्त सभामा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर धनपत यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, जिसस उपप्रमुख रामदयाल तेली, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, प्रतापपुर गाउँपालिकाकी उपप्रमुख मानकुमारी चौधरी लगायतले आआफ्नो धारणा व्यक्त गर्नुृभएको थियो ।
सभामा जिल्लास्थित सातै स्थानीय तहका प्रमुख उपप्रमुखहरु तथा जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सहभागिता रहेको जिससका शाखा अधिकृत रमेश ज्ञवालीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस