२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन अस्पतालमा डिजिटल एक्सरे सेवा शुभारम्भ

२०७९ अषाढ १५, बुधबार प्रकाशित ( साल अघि) ६४८ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ स्थित पाल्हीनन्दन अस्पतालमा डिजिटल एक्सरे (डिआर) सेवा शुरु गरिएको छ । सामान्य एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको यस अस्पतालमा डिजिटल एक्सरे (कम्प्युटराईज ) मेशिन सञ्चालनमा ल्याइएपछि सेवा सहज भएको छ ।

289049969_1486700608457626_4619436322274651284_n (2)

डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको अस्पतालका निमित्त प्रमुख डा.राजकुमार गुप्ताले बताउनुभयो । मेनुअल एक्सरे मेशिनबाट काम गरिरहँदा सेवाग्राहीले एक्सरे रिपोर्टका लागि आधा घण्टासम्म पर्खनुपर्ने बाध्यताको अन्त्य भएकोले अब आम सेवाग्राहीले छिटोछरितो डिजिटल सेवा पाउने अस्पतालले जनाएको छ ।

290311169_3347268278843889_4293051306679365005_n (2)

 

सेवाग्राहीको हितलाई ध्यानमा राखेर पाल्हीनन्नदन गाउँपालिकाको रु दश लाख, ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर र यूनाईटेड मिसन टु नेपालको रु नौ लाख गरी रु १९ लाखको लागतमा डीआर एक्सरे सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख गुप्ताका अनुसार डिजिटल एक्सरेबाट बढीमा पाँच मिनेटमा रिपोर्ट प्राप्त हुन्छ ।

290373690_424420619401145_3217094581491394064_n (2)

यस अघि अस्पतालमा डिजिटल एक्सरे नहुँदा बिरामीले रिर्पाेटको लागि घण्टौँ कुर्नुपर्ने वा निजी मेडिकलमा गएर महँगो शुल्क तिरेर सेवा लिन बाध्य थिए । डिजिटल एक्सरे मेसिनको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले आज उद्घाटन गर्नुभयो ।

290266621_1161539948025540_8017951326551189322_n (2)

 

अध्यक्ष गुप्ताले अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सेवा थप गरिएको बताउनुभयो । उहाँले यस सेवाबाट बिरामीले सहज र छिटो सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै अस्पतालको सेवा पनि थप गुणस्तर हुने बताउनुभयो ।
पाल्हीनन्दन अस्पताललाई सुविधा सम्पन्न बनाउन र विशेषज्ञ चिकित्सकहरुबाट थप स्वास्थ्य सेवा विस्तार गर्न आफू लागिपरेको उहाँको भनाई थियो । पाल्हीनन्दन अस्पतालले सञ्चालनको छोटो समयमै गुणस्तरीय सेवा दिन सफल भएको स्थानीयको भनाई छ । पछिल्लो समय यहाँ बिरामीको चाप पनि बढ्दो रहेको अस्पतालले जनाएको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना गरिएको यो अस्पताल गत माघ देखि सञ्चालनमा आएको अस्पतालका ल्याब टेक्नीसिएन सर्वेश्वर पटेलले बताउनुभयो । कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदी, यूएमएनका अप्सरा नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

289186140_1425046857941888_8286067727205577360_n (2)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस