२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिसस प्रमुख यादवद्धारा ‘खानेपानी र सरसफाइमा हाम्रो प्रतिबद्धता’ बुलेटिन बिमोचन

२०७९ अषाढ १५, बुधबार प्रकाशित ( साल अघि) ६०५ पाठक संख्या

परासी, १५ असार । खानेपानी र सरसफाइमा हाम्रो प्रतिबद्धता नामक वाषिक बुलेटिन(पुस्तक) विमोचन गरिएको छ । सामुदायिक रेडियो परासीले प्रकाशन गरेको उक्त बुलेटिनको आठौँ अंकको आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले विमोचन गर्नुभएको हो ।
रेडियो परासीले राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर विगत आठ वर्षदेखि खानेपानी र सरसफाइका गतिविधि समेटेर यो पुस्तक प्रकाशन गर्दै आएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो। पुस्तकमा खानेपानी तथा सरसफाइ सम्बन्धी गतिविधि, लेख, रचना तथा जिल्लाको खानेपानी र सरसफाइको अवस्था लगायतका विषयवस्तु समेटिएको उहाँले बताउनुभयो ।
२०७२ साल असार १५ गते नवलपरासी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिएको दिनको अवसर पारेर पुस्तक विमोचन गरिएको रेडियोले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिसस प्रमुख यादवले खानेपानी र सरसफाइको क्षेत्रमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले शुद्ध खानेपानी र सरसफाइमा आनीबानि परिवर्तनका लागि सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
रेडियोका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साल, रेडियोका कोषाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस