२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शुक्रौलीमा धान दिवस तथा रोपाई महोत्सव मनाईयो

२०७९ अषाढ १५, बुधबार प्रकाशित ( साल अघि) ७२२ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । पश्चिम नवलपरासीको रामग्राम वडा नं. १५ शुक्रौलीमा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको छ । स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति शुक्रौलीको आयोजना र कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोग तथा रामग्राम जेसीजको सहकार्यमा अन्तरक्रिया तथा रोपाई गरी दिवस मनाईएको हो ।

290149640_429210569203808_5260818449970362955_n (2)

 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), रामग्राम नगरपालिकाका मेयर धनपत यादव, उपमेयर सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव लगायतको सहभागितामा स्थानीय कृषको खेतमा रोपाई गरिएको थियो ।

290521385_388329213286230_2026168471286877393_n (2)

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य जयसवालले किसानलाई सिँचाइ,मल र बीउको समयमै उपलब्धता नहुँदासम्म कृषि क्रान्ति सम्भव नभएको बताउनुभयो । उहाँले तीनै तहका सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले स्थापना देखि नै कृषिको आधुनिकिरण, व्यवसायिकरण र यान्त्रिकिरणमा टेवा पुग्ने गरी कार्यक्रम तय गरेको उहाँको भनाई छ ।

290682228_549524506723432_4995385788383618435_n (2)

कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जिल्लामा वार्षिक कूल ९१ हजार ३९० मेट्रिक टन धान उत्पादन हुने गरेको बताउनुभयो ।उहाँका अनुसार जिल्लाको २१ हजार १५७ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस