२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न, शैक्षिक सुधारलाई प्राथमिकता दिएको छु – मेयर यादव

२०७९ अषाढ १३, सोमबार प्रकाशित ( साल अघि) ६८८ पाठक संख्या

परासी, १३ असार । नगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आज परासीमा सम्पन्न भएको छ । रामग्राम नगरपालिका, शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा मानव स्वास्थ्यको सरोकार,योग र सन्तुलित भोजनको प्रभाव विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा रामग्राम नगर भित्रका निजी तथा सामुदायिक गरी १६ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा मायादेवी मावि उजैनीकी तुलसी पटेल प्रथम, हिलोरियस एकेडेमी बैरिहवाका शिवम कुमार बानिया द्धितिय, जनता मावि देवगावकी कृति गोसाई तृतीय र लिटिल एञ्जेल्स मावि परासीकी सुष्मा गिरी सान्त्वना भएको रामग्राम नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारीक दिनुभयो । विजयी विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन, बोल्ने शैलीको विकास र योगको महत्वको विषयमा समेत सचेत गराउन प्रतियोगिता आयोजना गरिएको नगर शिक्षा अधिकारी रेग्मीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख धनपत यादवले शिक्षाको गुणस्तर वृद्धिमा जोड दिन आग्रह गर्नुभयो ।
शिक्षा क्षेत्र सुधार गर्न आफू गम्भीर रुपले लागेको बताउँदै नगर प्रमुख यादवले विद्यालयलाई आवश्यक भौतिक संरचना नगरपालिकाले निर्माणमा पहल गर्ने र शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले कम्प्रमाईज गर्न नहुने बताउनुभयो । शिक्षा क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको पनि उहाँले बताउनुभयो । वार्षिक कार्यक्रम अन्र्तगत आयोजित यस प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्न टेवा पुग्ने नगर शिक्षा अधिकृत सुन्दर खनालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%९%

प्रतिक्रिया दिनुहोस