२०८२ फागुन १५, शुक्रबार
24 खबर अपडेट

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस तीन दिन मनाईने

२०७९ अषाढ ९, बिहिबार प्रकाशित ( साल अघि) ६८९ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस पश्चिम नवलपरासीका तीन दिनसम्म विविध सचेतनामूलक कार्यक्रमका साथ मनाईने भएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको आज परासीमा सम्पन्न बैठकले असार १० देखि १२ गतेसम्म विविध कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।
यो दिवस हरेक वर्ष जुन २६ मा विश्वभर मनाईन्छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न विद्यालयमा लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम, सरोकारवालासँग अन्र्तरक्रिया, दीपप्रज्वलन तथा रेडियो जिंगल तथा पोष्टर, पम्पलेटको माध्यमबाट सचेतना जगाउने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार १० गते सदरमुकाम परासीको आदर्श मावि लगायतका विद्यालय र कलेजमा लागूऔषध विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गरिनेछ भने असार ११ गते लागूऔषध विरुद्ध सचेतनाका लागि दीपप्रज्वलन कार्यक्रम, असार १२ गते महशेपुर सीमा नाकामा सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस