२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लक्ष्मीनारायण टोल विकास संस्थाद्धारा राष्ट्रिय खेलाडी भरलाई सम्मान

२०७९ अषाढ ६, सोमबार प्रकाशित ( साल अघि) ७५७ पाठक संख्या

परासी, ६ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.३ स्थित लक्ष्मीनारायण टोल विकास संस्थाले राष्ट्रिय खेलाडी सुरज भरलाई सम्मान गरेको छ । राष्ट्रिय पारा एथलेटिक्स प्रतियोगितामा दौड तर्फ प्रथम स्थान हासिल गर्न सफल भरलाई संस्थाले आज एक कार्यक्रम गरी सम्मान गरेको हो ।
सोही टोल निवासी खेलाडी भरले खेलकुदको माध्यमबाट टोललाई चिनाउन सफल भएको र भरको खेल जीवनलाई थप हौसला प्रदान गर्न सम्मान गरिएको टोल विकास संस्थाका अध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । उहाँले खेलाडी भरको खेल जीवनको थप उचाईको कामना गर्दै आगामी दिनमा खेलजीवनलाई आवश्यक सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।
स्थानीय क्षेत्रमा रहेका खेलाडी तथा फरक प्रतिभा भएका नागरिकलाई सम्मान र हौसलाको खाँचो रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

288425406_1096146684583471_8435449795887245392_n

जेठ २७ देखि २९ गतेसम्म मूलपानी क्रिकेट मैदानमा नेपाल र भारतबीच भएको टि २० अन्र्तराष्ट्रि फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजमा पनि नेपालको तर्फबाट भरले खेल्ने मौका पाउनुभएको थियो । उक्त प्रतियोगितामा नेपालले नै जितेको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा रहनुभएका पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले खेलको माध्यमबाट नवलपरासीलाई नै चिनाउन सफल भएकोमा बधाई ज्ञापन गर्दै खेल क्षेत्रमा थप सफलताको शुभकामना व्यक्त गर्नुभएको टोल विकास संस्थाका सचिव गणेश रेग्मीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस